+
+

कांग्रेसको घोषणापत्र तयारी समितिमा थपिए आरजुसहित २८ सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १९:५०

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनित गरेका छन् । महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित घोषणा पत्र तयारी समितिमा देउवा पत्नी एवं केन्द्रीय सदस्य आरजु राणा देउवा समेत मनोनित भएकी छन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, नेपालगञ्ज उपमहानगरकी उपमेयरकी उमा थापा मगर, चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजवाल, निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना, वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँण, इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, दिप्रुङ चुइचम्पा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई पनि तयारी समितिमा अटाएका छन् ।

हेर्नुहोस् कांग्रेसको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?