+
+

निर्वाचन आचारसंहिता पालनामा बाचा गराउन ७९ दललाई आयोगले बोलायो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते ९:२८

२२ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन लगाउँदै छ ।

त्यसका लागि स्थानीय तह निर्वाचनमा भाग लिने ७९ दलका प्रतिनिधिहरुलाई आज बिहान साढे ११ बजेदेखि निर्वाचन आयोगमा बोलाइएको छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलका अनुसार राजनीतिक दलका प्रतिनिधिहरुलाई निर्वाचन आचार संहिताबारे जानकारी गराउने र ती आचार संहिता पालना गर्नेछौं भनेर लिखित प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाइने छ ।

स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?