+
+

सत्तारुढ गठबन्धनले रुपन्देहीमा मतका आधारमा सिट बाँडफाँट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १३:१९

२२ चैत, बुटवल । सत्तारुढ पाँच दलले रुपन्देहीका १६ वटै स्थानीय तहमा संयुक्त संयन्त्र निर्माण गरी गठबन्धनलाई मजबुुत बनाउने निर्णय गरेका छन् ।

नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले यस्तो निर्णय गरेको हो ।

सबै पालिका र वडास्तरमा संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा जित निकाल्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए । गठबन्धनले आआफ्ना दलको वडा तहसम्मको मतको वस्तुस्थिति संयन्त्रमा बुझाएपछि यथार्थ मतको आधारमा सिट बाँडफाट गर्ने सहमति भएको नेताहरुको भनाइ छ ।

सयंन्त्रको नेतृत्व कांग्रेसले गर्नेछ । गठबन्धनको वैठकले रुपन्देहीका १६ वटै स्थानीय तहमा जित निकाल्ने गरी संयन्त्रलाई क्रियाशील बनाउने र संयुक्त चुनावी प्रचारप्रसार अभियान छिट्टै सुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, जनता समाजवादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राजुु गरुङ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमिरे लगायतले संविधानको रक्षा र कार्यान्वयन तथा प्रतिगमनविरुद्ध गठबन्धनलाई सफल बनाउनुपर्ने धारणा राखे ।

गत स्थानीय चुनावमा रुपन्देहीमा एमालेले बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना नगरपालिका, सियारी, कञ्चन र शुद्धोधन गाउँपालिका जितेर पहिलो पार्टी बनेको थियो । जनता समाजवादी पार्टीले ५ स्थानीय तह जितेर दोस्रो, कांग्रेस तेस्रो पार्टी बनेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?