२३ चैत, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछन् ।
प्रधानमन्त्रीले निर्वाचन तयारीबारेमा जानकारी लिन आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका आयोग स्रोतले बताएको छ ।
आयोग हाल ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको तयारीमा छ ।
आयोगले निर्वाचन आचारसंहिता जारी गर्नेदेखि मतपत्र छपाइसम्मको तयारी गरिरहेको छ ।
सोमबार राजनीतिक दलहरुलाई बोलाएर निर्वाचन आचारसंहिता पालनाको प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4