+
+

‘षट्कोण’को टिजर : खोज पत्रकारको भूमिकामा कर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १६:४९

काठमाडौं । कर्मा र भोलाराज सापकोटा अभिनित फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ । मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको फिल्मले दर्शकमा कौतूहलता सिर्जना गर्छ ।

लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया र शिशिर लिम्बु टिजरमा देखिएका छन् ।

मिलन डी काप्रीको निर्देशन रहेको ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा कर्मा पत्रकारको चरित्रमा प्रस्तुत छन् । एक हत्याको घटनाको यथार्थ पत्ता लगाउन उनले गर्ने खोज रिपोर्टिङ वरपर फिल्मको कथा घुम्छ ।

कोरोना महामारीका कारण रिलिजमा ढिलाइ भएको यो फिल्म अन्ततः प्रदर्शनको तयारीमा जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?