२३ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा सत्ता गठबन्धनका तीन राजनीतिक दलले स्थानीय तह निर्वाचनको उम्मेदवारको भागवण्डा टुंग्याएका छन् ।
मालिका गाउँपालिकाको अर्खबाङ्गमा गरिएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागवण्डा मिलेको जानकारी दिइएको छ । गाउँपालिकाको अध्यक्ष र २ वटा वडाध्यक्ष नेकपा माओवादी केन्द्रले पाएको छ ।
नेपाली कांग्रेसको भागमा उपाध्यक्ष र ६ वटा वडाध्यक्ष र एकीकृत समाजवादीको भागमा भने वडा सदस्यहरु परेका छन् ।
कांग्रेसको मालिका गाउँपालिका सभापति उपेन्द्र अर्यालका अनुसार गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल तीन दलको तर्फबाट साझा उम्मेदवार हुनेछन् ।
त्यस्तै वडा नम्बर ३ र ८ को वडाध्यक्ष माओवादी केन्द्र र बाँकी वडाहरु कांग्रेसको भागमा परेको छ । नेपाली कांग्रेसले पालिकाको उपाध्यक्ष पदको उम्मेदवार भने अझै टुङ्गाएको छैन ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहितका धेरै पदमा जित हासिल गरेको थियो ।
प्रतिक्रिया 4