+
+

२ सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १२:३०
Photo Credit : बीएम क्रियसन

२३ चैत, काठमाडौं । काठमाडौं महानगर १३ नम्बर स्थित कालिमाटीबाट कामदेवको मूर्ति चोरी भएको छ । १३ नम्बर वडाध्यक्ष धु्रवनारायण मानन्धरका अनुसार आज विहान साढे सात बजे मूर्ति चोरी भएको भन्दै स्थानीयबासीले खबर गरेका थिए ।

वडाध्यक्ष मानन्धरका अनुसार २ सय वर्ष अगाडि भीमसेन थापाले सैनिकहरुको उत्साह जगाउनको लागि भगवान कामदेवको मूर्ति स्थापना गरिएको जनविश्वास छ ।

ढुंगाले बेनेका २ फुटको मूर्ति हराएको विषयमा प्रहरीलाई खबर गरिसकेता पनि अहिलेसम्म थप जानकारी केही नआएको मानन्धरले बताए । मूर्ति चोरी भएको स्थानमा स्थानीयबासीहरुको भीड लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?