+
+

जयबागेश्वरीमा १२ वर्षे हरसिद्धि जात्रा हुँदै, जात्रा अवधिमा अरु बाजा नबजाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १२:३३

२४ चैत, काठमाडौं । १२ वर्षे हरसिद्धि जात्रा यस वर्ष काठमाडौंको जयबागेश्वरीमा पनि मनाइने भएको छ । लामो समय रोकिएको जात्रा २०६६ सालमा जनसहभागिताबाट पुनः मनाउन थालिएको थियो । यद्यपि त्यतिबेला जात्रा धुमधामका साथ मनाइएको थिएन ।

यसपटक भने जनसहभागितामा तीन दिनसम्म यो जात्रा मनाउने तयारी गरिएको हरसिद्धि जात्रा व्यवस्थापन समितिका अध्यक्ष दिलीप वैद्यले जानकारी दिए ।

जयबागेश्वरी मन्दिरमा आगामी चैत २५ गतेदेखि जात्रा सुरु हुँदैछ । चैत २७ गतेसम्म सञ्चालन हुने जात्रा सहज रुपमा सम्पन्न गराउन समिति गठन गरिएको वैद्यले बताए । २०६६ सालदेखि इच्छुक दातासँग सहयोग संकलन गरी जात्रा सञ्चालन गर्न थालिएको हो । यसपटक जात्रा मनाउँदा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

जात्राका लागि विभिन्न संघसंस्थाले सहयोग गरिरहेको वैद्यले जानकारी दिए । चैत २५ गते दिउँसोबाट जात्रा विधिवत् रूपमा सुरु हुनेछ । साथै, २६ र २७ गते हरसिद्धि डबली र जयबागेश्वरी डबलीमा नाच प्रदर्शन गरेर २७ गते हरसिद्धिको पूजा गरेपछि जात्रा सम्पन्न हुनेछ ।

त्रिशक्ति हरसिद्धिको बास बसुञ्जेल सो क्षेत्रमा अन्य कुनै पनि बाजा बजाइँदैन । करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको विश्वास छ । यो जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ ।

हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एकपटक मात्र जात्रा लगिन्छ । यहाँ पनि हरेक १२ वर्षमा जात्रा ल्याउने चलन भएकोमा लामो समयसम्म विविध कारणले जात्रा ल्याउन सकिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?