+
+

नेपाल बाल संगठनलाई महालक्ष्मी विकास बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १२:५७

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको छ ।

बैंकको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत उक्त उपकरण बाल संगठनलाई सहयोग गरेको हो ।

बाल शोषण र अन्याय निर्मूल पार्दै बाल अधिकार संरक्षण र सम्वर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ स्थापित संगठनमा रहेका फरक क्षमताका बालबालिकाको स्वास्थ्य सुधारमा सजिलोहोस् भन्ने उद्देश्यले फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

संस्थाका उपाध्यक्ष प्रेमप्रसाद पराजूली र प्रमुख कार्यकारी अधिकृत अजयकुमार शाहले बालसंगठनलाई सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?