+
+

शुक्रबारदेखि काठमाडौंमा सीईओ सम्मेलन 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १४:३६

२४ चैत, काठमाडौं । राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा सीईओ सम्मेलन २०२२ शुक्रबारदेखि काठमाडौंमा सञ्चालन हुने भएको छ । नेपाल व्यवस्थापन संघ (म्यान)ले २५ र २६ चैतमा यस्तो सम्मेलन हुन लागेको जनाएको छ । सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्नेछन् । सो अवसरमा अर्थविद् डा. विश्वास गौचन र प्राडा महानन्द चालिसेले कार्यपत्र प्रस्तुत गर्ने संघले जनाएको छ ।

म्यानका अनुसार यस अवसरमा बैंक तथा वित्तीय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशीलता र प्रविधि क्षेत्रलाई समेटेर रिइन्जिनियरिङ म्यानेजमेन्ट : सर्भाइभल–रिभाइभल एण्ड ग्रोथ विषयमा सीईओ सम्मेलन हुन लागेको छ । संस्थाका कार्यकारी निर्देशक अनिल उपाध्यायका अनुसार सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलनले नेपालको व्यवस्थापन क्षेत्रले थप उचाइ प्राप्त हुने उनको भनाइ छ ।

यस वर्षको सीईओ सम्मेलनमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न ३ सय भन्दा धेरै सीईओले भाग लिने भएका छन् । शनिबार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले म्यानेजमेन्ट अवार्ड वितरण गर्ने कार्यक्रम छ । यस वर्ष म्यानले विभिन्न तीन विधामा अवार्ड दिने भएको छ । संघमा नयाँ नेतृत्वका लागि समेत शनिबार नै निर्वाचन हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?