Photo Credit : फाइल तस्वीर
२४ चैत, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितको टोली निर्वाचन आयोगमा पुगेको छ ।
स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरु बिहीबार आयोगको कार्यालयमा पुगेका हुन् ।
उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् ।
पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो ।
तर महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेका थिए । अल्पमतमा परेपछि उनीहरु प्रस्तावबाट पछि हटेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4