+
+

भेटायोले सुरु गर्‍यो ‘भेटायो कार्निभल’ अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १८:३५

काठमाडौं । व्यवसायिक सेवा प्रदायक ‘भेटायो’ ले आफ्ना प्रयोगकर्ताहरूका लागि “भेटायो कार्निभल” अभियान सुरु गरेको छ ।

आफ्ना नयाँ ग्राहकहरूको आवश्यकतालाई पूरा गर्न र नयाँ वर्षमा उनीहरूको मूल्य प्रस्तावहरू सहित नयाँ ग्राहकहरूसम्म पुग्नका लागि यो अभियान सुरु गरिएको कम्पनीले बताएको छ ।

यस अवधिमा भेटायोले सबै व्यवसाय र घरपरिवारहरूलाई आफ्नो व्यवसायिक सेवाहरूमा विशेष छुट प्रदान गर्नेछ ।  कम्पनीको प्रवर्द्धन अभियानको प्रारम्भिक चरणमा सबै नयाँ प्रयोगकर्ताहरूले प्रयोग गर्ने प्रत्येक सेवामा २५ प्रतिशतसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै यी अफरहरू प्रचार अवधिसम्ममा सेवाहरू बुक गरिएमा अभियान समाप्त भएपछि पनि छोटो अवधिका लागि मान्य हुनेछन् । यी सबैका अतिरिक्त भेटायोले यस क्याम्पेन अवधिभर साइन अप गर्ने सबै प्रयोगकर्ताहरूलाई फोन र अन्य आकर्षक वस्तुहरू उपहार स्वरुप प्रदान गरिने कम्पनीले जनाएको छ ।

व्यवसायिक सेवाहरू जस्तै प्लम्बिङ, किट नियन्त्रण, सवारी साधनको सफाइ, ब्यूटिसियन, पीसीआर जाँच तथा अन्य नयाँ सेवाहरू वृहत रुपमा निरन्तर थपिने योजना कम्पनीको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?