२४ चैत, जनकपुरधाम । चैती छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । यो पर्वमा जनकपुरधामका जानकी मन्दिर छेउको अरगजा पोखरी, गंगासागर सहितका पोखरीमा श्रद्धालुको भीड लागेको छ ।
पछिल्लो २ वर्ष कोरोना भाइरसको संक्रमणका कारण मनाउन नसकिएको चैती छठ पर्व यसपटक उल्लासमय वातावरणमा मनाइँदैछ । बाँसले निर्मित सामग्रीमा ठेकुवा,भुसुवा, फलफूल,सहितका प्रसादीका रुपमा चढाइने गरिन्छ ।
शुक्रबार बिहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि यसपटकको चैती छठ पर्व सप्पन्न हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4