+

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

२०७८ चैत  २५ गते १४:२५ २०७८ चैत २५ गते १४:२५
वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

२५ चैत, वीरगञ्ज । वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । पर्सा जिल्ला तेक्वान्दो कार्य समिति वीरगञ्जले प्रतियोगिताको आयोजना गरेको हो ।

शनिबारसम्म चल्ने प्रतियोगिताको शुक्रबार मधेस सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरे ।

प्रतियोगितामा नेपाल सहित भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, पटना, भुटान र बंगलादेशका १७ वटा समूहका खेलाडी सहभागी छन् ।

१४ औं साग गेम र इन्डोनेशियामा हुन गइरहेको १९ औं एशियन गेमलाई लक्षित गरेर प्रतियोगिता राखिएको पर्सा जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष गणेशमान श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समूहलाई क्रमशः नगद ५० हजार, २५ हजार र १५ हजार पुरस्कार दिईनेछ भने वेष्ट फाइटर एक महिला र एक पुरुषलाई २५/२५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

तेक्वान्दो प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय