+
+

आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताको विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १५:२९

काठमाडौं । एसियन पेन्ट्स नेपालले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताहरुको नाम घोषणा गरेको छ । वार्षिक उत्सवको अवसरमा काठमाडौंको ह्यात रेजेन्सीमा २३ चैतमा विजेता घोषणा गरिएको हो ।

७ औं संस्करणको यो  प्रतियोगितामा सहभागीहरुले गोरखाको पालुङटार नगरपालिकामा रहेको लिललिगकोट संग्रहालयको डिजाइन गरेका थिए । प्रतियोगितामा ३० भन्दा बढीको सहभागिता रहेको थियो । जसमध्येबाट उत्कृष्ट ५ जनालाई विजेता घोषणा गरिएको थियो।

प्रतियोगितामा आईओई पुल्चोक क्याम्पसकी रोजिता अवाले विजेता घोषित भइन् । उनले पुरस्कारबापत ७० हजार रुपैयाँ नगद प्राप्त गरिन् ।

फर्स्ट रनर अप एक्मे इन्जिनियरिङ कलेजका प्रशान्त देशार भए । उनले एसियन पेन्ट्सबाट नगद ४० हजार रुपैयाँ प्राप्त गरे ।

सेकेन्ड रनर अप काठमाडौं इन्जिनियरिङ कलेजकाअनिल कुँवर भए । उनले एसियन पेन्ट्सबाट नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौं इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरुले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा एक्मे इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, नेपालइन्जिनियरिङ कलेज, हिमालयकलेज अफइन्जिनियरिङ, ख्वपःइन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु सहभागी भएका थिए ।

क्यालिडोस्कोप २०२१–२२ संस्करणले नेपालका आशा लाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवर्द्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाएको छ ।

यस कर्पोरेट सामाजिक उत्तरदायित्वमार्फत वर्षौंदेखि एसियन पेन्ट्सले नेपालका नवोदित आर्किटेक्टहरूलाई आफ्नो ज्ञान प्रयोग गर्न र केही प्रतिष्ठित लाइभ परियोजनाहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्न एउटा मञ्च प्रदान गर्दै आएको छ ।

एसियन पेन्ट्सले क्यालिडोस्कोपको पहल मार्फत विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता व्यक्त गर्ने र उपलब्धिको भावना विकास गर्ने अवसर पाउनेमा दृढ विश्वास गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?