काठमाडौं । नेपाल बार एसोसिएसनको चुनावमा सत्ता गठबन्धन निकट प्यानल नै विजयी भएको छ। अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।
घिमिरे ४ हजार ४७४ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी विष्णुमणि अधिकारीले २ हजार ९८९ मत ल्याए ।
गत शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज आएको हो । कांग्रेस निकट कानून व्यवसायीको नेतृत्वमा एउटा र एमाले निकट कानून व्यवसायीको नेतृत्वमा अर्को गठबन्धन बनेको थियो ।
त्यस्तै महासचिवमा गठबन्धन समर्थित उम्मेदावर अञ्जिता खनाल ३ हजार ६८२ मत ल्याउँदै विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी केदार कोइरालाले २ हजार ३४५ मत ल्याए ।
उपाध्यक्षमा सुरज खत्री, सुधिर कर्ण, हर्क रावल, बिरेन्द्र केसी, पशुपति भण्डारी, उत्तम आचार्य, तुलाराम गिरी र आशा राई विजयी भएका छन् । कोषाध्यक्षमा भरत रावत विजयी निर्वाचित भएका छन् ।
सदस्यहरुमा बिनिता नेपाली, किरण शाह, नरेश साह, नारायण राई, रुप सारु, सीता पौडेल, मनिका खड्का र सर्मिला थापा निर्वाचित भएका छन् । त्यस्तै अन्य सदस्यमा भरत लकाइ, देवी कोईराला, निर्भय पौडेल, सन्तोष राउत, गुणराज आचार्य र सन्तोष तिवारीले चुनाव जितेका छन् ।
हेर्नुहोस् पूर्ण परिणाम :
प्रतिक्रिया 4