२५ चैत, गुल्मी । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनले जनतालाई शक्तिशाली बनाउने भन्दै सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् ।
गुल्मी जिल्लामा आयोजित चौथो गुल्मी महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले भयरहित वातावरणमा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताए ।
निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले ढुक्क भएर मतदानमा सहभागी हुन सबै नागरिकहरुलाई आग्रहसमेत गरे ।
पहिलो कार्यकालमा योगदान पुर्याउने जनप्रतिनिधिलाई धन्यवाद दिँदै नयाँ आउने जनप्रतिनिधिलाई उत्साहपूर्वक काम गर्ने वातारण बनाउनु पर्ने दायित्व सबैको भएको उनको भनाइ छ ।
अर्काे सनदर्भमा उनले उद्योगी व्यवसायीलाई सुरक्षा दिने कर्तव्य राज्यको रहेको बताए ।
गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आजबाट सुरु भएको महोत्सव वैशाख ४ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया 4