+
+

मोबाइल व्यवसायी महासंघमा भट्टराई नेतृत्वको कार्यसमिति दोहोरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते २१:५२
Photo Credit : Bharat Bhattarai

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघमा पुरानै कार्यसमितिले निरन्तरता पाएको छ । आज काठमाडौंको ठमेलस्थित अलफ्ट होटेलमा आयोजित महासंघको प्रारम्भिक साधारणसभा तथा महाधिवेशनले भरत भट्टराई नेतृत्वको २९ सदस्यीय अघिल्लो कार्यसमितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

महासंघको अध्यक्षमा भट्टराई, बरिष्ठ उपाध्यक्षमा सुरेश प्रसाईं (शोभित), उपाध्यक्षमा अर्जुन चालिसे, महासचिव रमेश कुमार घिमिरे छन् । यसैगरी सचिव डिल्लीबहादुर तामाङ, कोषाध्यक्ष सन्तोष घिमिरे, सहकोषाध्यष श्याम सुन्दर नगरकोटी र बरिष्ठ सदस्यमा दीपकबाबु बोगटी छन् ।

कार्यक्रममा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत, माइती नेपालकी संस्थापक अनुराधा कोइराला र क्याप्टेन विजय लामालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उनीहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, विशाल भट्टराई, दीपक मलहोत्रा, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलका साथै नेपाल दूरसञ्चार प्राधिकरण, कम्प्युटर एशोसिएशन अफ नेपाल, सामसुङ्ग, शाओमी, लगायतका प्रतिनिधिहरु पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?