+

जुम्लादेखि –रारासम्म अल्ट्रा म्याराथन सुरु

२०७८ चैत  २६ गते १२:२५ २०७८ चैत २६ गते १२:२५
जुम्लादेखि –रारासम्म अल्ट्रा म्याराथन सुरु

२६ चैत्र, सुर्खेत । जुम्ला रारा अल्ट्रा म्याराथन शनिबार सुरु भएको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको म्याराथनको उद्घाटन शनिबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् ।

म्याराथनमा एक विदेशीसहित ७७ जनाले भाग लिएका छन् । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकैबाट सुरु भएको म्याराथन रारातालसम्म पुगेर सकिने छ ।

आयोजक क्लबका अध्यक्ष सरोज शाहीका अनुसार तीन वर्षयता हरेक वर्ष जुम्ला खलंगादेखि मुगुको रारातालसम्मको ४९ किलोमिटर लामो अल्ट्रा म्याराथन प्रतियोगिता भइरहेको छ ।

‘जुम्लालाई उच्च पर्वतीय खेल प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने र यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि म्याराथनको आयोजना गरिएको हो’ उनले भने ।

उनका अनुसार अल्ट्रा म्याराथनमा गायक बुद्धवीर लामा, ओलम्पियन वैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर शम्भु दाहाल, सुमन कुलुङलगायतले सहभागिता जनाएका छन् ।

‘स्पेन, अमेरिका, क्यानडा लगायतका १८ जनाले अल्ट्रा म्याराथनका लागि नाम दर्ता गराएका थिए । तर विविध कारणवश अन्तिममा आएर उनीहरुले सहभागीता जनाउन नसक्ने बताए’ क्लबका अध्यक्ष शाहीले भने ।

म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पाउनेछन् । त्यस्तै ६२ हजार ५०० द्वितीयले, ३७ हजार ५०० तृतीयले र सान्त्वना हुने ७ जनाले ६ हजार ५०० रुपैयाँ पुरस्कार पाउनेछन् ।

कर्णालीले शक्ति देखाउँछ, विश्वलाई चिनाउँछ : मुख्यमन्त्री शाही

अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले खेल पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । पूर्वाधार अभाव हुँदा खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन नसकेको बताउँदै प्रदेश सरकार पूर्वाधार निर्माणमा केन्द्रित रहेको बताए ।

मुख्यमन्त्री शाहीले सुर्खेतमा प्रदेश स्तरीय रंगशाला निर्माणमा भइरहेकोे र जुम्लामा पनि हाइअल्टिच्यूट ट्रेनिङ सेन्टर स्थापना गरिने बताए । ‘कर्णालीले खेल क्षेत्रमा आफ्नो शक्ति देखाउन सकेको छैन, कर्णालीलाई चिनाउने, अघि बढाउने शक्ति हामीसँग छ । अब आफ्नो शक्ति देखाउने बेला आएको छ’ मुख्यमन्त्री शाहीले भने ।

जुम्ला–रारा अल्ट्राम्याराथन प्रतियोगिताले कर्णाली र यस क्षेत्रका प्रतिभाहरुलाई विश्वमा चिनाउन सघाउ पु¥याएको मुख्यमन्त्री शाहीले बताए ।

‘म्याराथनका कारण कर्णालीको पहिचान संसारभर भएको छ, विभिन्न देशका नागरिक कर्णालीमा दौडिन आउनु आफनै शुभ संकेत हो । यसलाई अझ भव्य र व्यापक बनाउन प्रदेश सरकारले सघाउँछ’ उनले भने ।

खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०