+
+

देशको अर्थव्यवस्थाबारे एमालेले धारणा सार्वजनिक गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते ९:४४

२७ चैत, काठमाडौं । नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ ।

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन जना पूर्व अर्थमन्त्रीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरिने छ । पत्रकार सम्मेलनमा एमालेबाट विगतमा अर्थमन्त्री बनेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले धारणा राख्नेछन् । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. दिनेशचन्द्र देवकोटा र पुष्प कँडेलको पनि सहभागीता रहने रिजालले बताए ।

सोही पत्रकार सम्मेलनबाट अर्थतन्त्र संकटमा परेको बेला गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको विषयमा पनि औपचारिक धारणा आउने बताइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा विरोध जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?