+
+

महजोडीको फिल्म ‘महापुरुष’मा गौरी मल्ल पनि, वैशाख दोस्रो सातादेखि छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते ११:१५

काठमाडौं । अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहने फिल्म ‘महापुरुष’ निर्माणको औपचारिक घोषणा भएको छ । निर्माताले सामाजिक सञ्जालबाट शीर्षक र कलाकार सार्वजनिक गरेका हुन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहने फिल्मलाई सामाजिक विषयवस्तुमा आधारित रहेर बनाउन लागिएको जनाइएको छ । ‘सन्तुलनमा बसिरहेको समाजलाई असन्तुलित बनाउन खोज्नेको कथा हो,’ निर्देशक भट्टराईले अनलाइनखबरलाई भने, ‘यसमा राजनीतिको लेनादेना छैन ।’

महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ र डेब्यु अभिनेता अरुण क्षेत्री मुख्य कलाकारको रुपमा छन् । वैशाख दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मलाई नरेन्द्र मैनालीले खिच्ने जनाइएको छ ।

यसअघि समीक्षात्मक र बक्स अफिसमा सफल टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको कम्पनी षट्कोण आर्ट्स प्रालिले ‘महापुरुष’ बनाउन लागेको हो ।

रविन्द्रसिंह कार्यकारी निर्माता रहेको फिल्ममा दीपेश खत्री निर्माता छन् । यी दुई जनाले निर्माण गरेको अर्को चर्चित फिल्म ‘डाकिनी’ पनि रिलिजको तयारीमा छ । डाकिनीले फेस्टिभलमा चर्चा बटुलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?