२७ चैत, धनगढी । नेकपा एकीकृत समाजवादी कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमा फर्किएका छन् ।
एमाले विभाजनपछि एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष बनेका कुँवर आइतबार पुनः एमालेमा फर्किएका हुन् ।
कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका छन् । भट्टले आफ्नै निवासमा आयोजित कार्यक्रममा कुँवरलाई एमालेमा स्वागत गरेका थिए ।
एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने अन्य नेताहरुलाई भने आइतबार पार्टी प्रवेश गराइने नेकपा एमालेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4