२७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थाबाट गुज्रिएको दावी गरे ।
मुलुकको आर्थिक स्थिति जोखिमउन्मुख छ, जोखिमको स्तरमा नेपाल आइपुगेको छ, यदि हामीले सार्थक हस्तक्षेप गरेनौं भने, जे जस्तो समस्या देखिएका छन्, ती समस्याको निराकरण नहुने हो भने मुलुक श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन’ उनले भने ।
मन्त्री वा प्रधानमन्त्रीले दावी गरेर मात्र मुलुकको बिग्रदो आर्थिक स्थितिबाट बाहिर ननिस्कने भन्दै उपाध्यक्ष पौडेलले बिग्रदो स्थितिबाट बाहिर निस्कन सरकारले उचित कदम चाल्नुपर्ने बताए । ‘गलत खालका नीति लिने र मुलुकलाई श्रीलंका हुनबाट जोगाउँछु भन्ने दावी गरेर हुँदैन’ उनले भने ।
प्रतिक्रिया 4