+
+

धरानको मेयरमा एमालेबाट ११ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १७:१९

२७ चैत, विराटनगर । धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवारमा नेकपा एमालेको नगर कमिटीले ११ जनाको नाम सिफारिस गरेको छ ।

आइतबार तीन घण्टा बसेको बैठकमा सहमति नजुटेपछि ११ जनाको नाम सिफारिस गरेको हो । बैठकले उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा मेयरको उम्मेदवारको आकांक्षा राखेका नेताहरुले दावी नछोडेपछि सबैको नाम सिफारिस गरेको नगर कमिटीले जनाएको छ ।

एमाले नगर कमिटी अध्यक्ष हर्कजंग एभेङका अनुसार बैठकमा सहमति नजुटेपछि दाबेदार सबैको नाम सिफारिस गरेको हो । अब उम्मेदवारको अन्तिम टुङ्गो पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ ।

नगर कमिटीको बैठकले मेयरका लागि पहिलो नम्बरमा उपमेयर मञ्जु भण्डारीको नाम सिफारिस गरेको छ । बैठकले पूर्वमेयर मनोज मेन्याङ्बो, प्रदेश सदस्य विजय राई, रमेश बस्नेत, मोतीराज सुनुवार, किशोरकुमार कार्की, प्रकाश राई, दोर्पध्वज राई, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला, तीर्थ मास्केको नाम सिफारिस गरेको हो ।

त्यस्तै उपमेयरमा सुशीला पहाडी, लहरुमाया जिमी, पदम इश्बो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ राई र लिला राईको नाम सिफारिस गरेको छ ।

धरानमा नेकपा एमालेको ‘दश बुँदे पक्षधर’को पकड रहेको क्षेत्र हो । २०७४ सालमा मेयरमा निर्वाचित तारा सुब्बाको निधनपछि तत्कालिन नेकपाले नेता माधव नेपाल पक्षका नेता प्रकाश राईलाई उम्मेदवार बनाएको थियो । उनी काङ्ग्रेस उम्मेदवार तिलक राईसँग पराजित भएका थिए ।

धरानको मेयरका लागि नेपाली काङ्ग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छैन । काङ्ग्रेसबाट मेयर तिलक राई, पूर्व नगर उपसभापति किशोर राई, प्रदेश १ महामन्त्री उमेश थापा लगायत दाबेदार छन् । माओवादी केन्द्रबाट अइन्द्रबिक्रम बेघा, किरण राई मेयरको दाबेदार छन् ।

कांग्रेस र माओवादी केन्द्र, नेकपा एस, जसपासहितको सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर उम्मेदवारी दिने सहमति गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?