२८ चैत, जनकपुरधाम । धनुषा मालपोत कार्यलयका प्रमुख सुनिलकुमार झा ५ लाख रुपैयाँ घुस लिंदै गर्दा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोकबाट सोमबार बिहान पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुसवापत रकम लिंदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए ।
एउटा मुद्दाको फैसला गराइदिने भन्दै झाले रकम लिइरहेको अवस्थामा पक्राउ गरी उनलाई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4