+
+

हुलास स्टिलद्वारा गुणस्तरीय उत्पादनमा जोड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १६:१०

काठमाडौं । नेपाली स्टिल इन्डस्ट्रिजमा सबैभन्दा अग्रणी, विश्वासिलो एवम् लोकप्रिय कम्पनी हुलास स्टिल इन्डस्ट्रिजले गुणस्तरीय उत्पादनमा जोड दिएको छ । अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरू मार्फत आधुनिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिएको हो ।

दैवीविपत्तिहरूबाट हुने भौतिक क्षतीलाई न्यून गराउन तथा आधुनिक, वैज्ञानिक एवम् व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्न विभिन्न गुणस्तरीय उत्पादनहरु उत्पादन गर्दै आइरहेका कम्पनीले जनाएको छ ।

वैज्ञानिक निर्माणलाई सधैं प्राथमिकतामा राख्ने गोल्छा अर्गनाइजेसनले सन् २०२१ मा दिवाकर गोल्छा कर्पको स्वामित्वमा नेपालको पहिलो पीईबी (प्रि– इन्जिनियर स्टिल विल्डिङ्स) को उधम गर्ने संस्थाको रुपमा हिप्को इन्फ्रा स्थापना गरेको थियो ।

यस संस्थाले पीईबी अवधारणा अन्तर्गतमा रहेर आधुनिक, वैज्ञानिक एवम् सुरक्षित रुपमा गुणस्तरीय निर्माण मार्फत ग्राहकवर्गलाई सेवा, सुविधा प्रदान गर्दै आइरहेको कम्पनीको भनाइ छ ।

हिप्को इन्फ्राले नवीनतम प्रविधि र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरमार्फत हाल नियमितरुपमा मध्यमदेखि ठूलाठूला परियोजनाहरु जस्तैः व्यावसायिक भवन, रेसिडेन्टल, वेयरहाउस, पोल्ट्री, शोरुम, स्टोर तथा अन्य थुप्रै संरचनाहरुको गुणस्तरीय निर्माण गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?