२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले चुनावी तालमेलको आधार २०७४ को चुनाव मात्र हुन नसक्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले २०७४ को जनआधारमा धेरै परिर्वतन भएको बताए । उनले भने, ‘थपिने त नेपाली कांग्रेसमा मात्र भएको हो, अरु दलको परिस्थिति फरक छ ।’
सबैलाई ध्यान दिएर तालमेल गर्नुपर्ने उनले बताए । महतले भने, ‘ठूलो पार्टी भएकाले हामी अलिकति उदार पनि होऔंला, तर यति पनि हुन सकिन्न कि आफ्नै पार्टीका साथीअहरुलाई अन्याय हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4