२९ चैत, पर्सा । प्रहरीले १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-४ बस्ने २२ वर्षीय आदेश पटेल रहेका छन् ।
पीडित बालिकाको अभिभावकको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
पटेलले बालिकालाई पिछा गरी गोठमा दाउरा लिन पुगेको समयमा करणी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनमाथि जबरजस्ती करणी उद्योग कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4