२९ चैत, दाङ । लमही नगरपालिकाको प्रमुख पदका लागि ६ जनाको र उपप्रमुखमा पाँच जनाको नाम सिफारिस गरिएको छ ।
लमही नगरपालिकाको प्रमुखमा हालका नगरप्रमुख कुलबहादुर केसी, नारायण डिसी छम्पाली, रतन केसी, दण्डिराम चौधरी, धुपनारायण चौधरी, गोपाल ज्ञवालीको नाम सिफारिस भएको एमाले लमही नगर कमिटीका अध्यक्ष दण्डीराम चौधरीले बताए ।
त्यस्तै उपप्रमुख पदमा सुशीला शर्मा, लक्ष्मी शर्मा, अनिता शर्मा, निर्मला चौधरी र पुनम घर्तीकोे नाम सिफारिस गरिएको छ ।
०७४ सालको स्थानीय तहको चुनावमा एमालेबाट नगरप्रमुखमा निर्वाचित कुलबहादुर केसी पुनः प्रमुखको आकांक्षी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4