+
+

रुपन्देहीमा साढे २ अर्ब लगानीमा ‘फ्रेन्च फ्राइज’ उद्योग खुल्दै

दशैंअघि सञ्चालनको तयारी

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ चैत ३० गते १४:१७

३० चैत, काठमाडौं । रुपन्देहीको फर्साटिकरमा आलु चिप्स उद्योग निर्माण प्रक्रिया अघि बढेको छ । फ्रेन्च फ्राइजसहित आलुबाट बन्ने दर्जन बढी परिकार नेपालमै उत्पादन गर्ने गरी फर्स्ट च्वाइस फुड्स उद्योग सञ्चालनमा आउन लागेको हो ।

उद्योगमा साढे २ अर्ब लगानी लागेको एकजना सञ्चालक एवम् आलु बालीविज्ञ श्यामपसाद ढकालले बताए । जिल्लाको शुद्धोधन गाउँपालिकास्थित फर्साटिकरमा अहिले उद्योगको पूर्वाधार निर्माण भइरहेको छ ।

‘नेपालमा माग हुने सबै प्रकारका आलुको परिकार उत्पादन गर्ने गरी उद्योगको स्थापना थालिएको छ,  आगामी दशैंअघि उद्योगले उत्पादन थाल्नेछ,’ ढकालले अनलाइनखबरसँग भने ।

उद्योगले आलुको एक दर्जन बढी नयाँ परिकारको उत्पादन गर्नका लागि गरेको नमूना आयात र त्यसको अध्ययनको नतिजा पनि सुखद देखिएको ढकालले जानकारी दिए ।

उद्योगले पहिलो चरणमा फिंगर चिप्स उत्पादन गर्नेगरी काम गरिरहेको छ । त्यसपछि आलुका अन्य चिप्स लगायतका परिकारहरु उत्पादनमा ध्यान केन्द्रित हुने ढकालले बताए ।

नेपालमा वार्षिक २ देखि ५ अर्बसम्मको आलुका फ्रेन्च फ्राइज तथा अन्य परिकार आयात हुने गरेको छ । सोही आयातलाई विस्थापित गर्ने गरी नेपालमै उद्योग खोलिएको ढकालले बताए । उद्योगको म्यानेजिङ डाइरेक्टर कृषि प्रसाद पौडेल हुन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?