+
+

प्लाष्ट नेपाल फाउन्डेसनको प्लाष्टिक प्रदर्शनी हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १५:०३

प्लाष्ट नेपाल फाउन्डेशनले आगामी जेष्ठ महिनाको १२, १३ र १४ गते काठमाडौं भृकुटीमण्डपमा ‘प्लाष्ट नेपाल फाउन्डेशन’ नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्न गइरहेको छ।

यसँगै यस पटकको प्रदर्शनीको तेस्रो संस्करण हुनेछ। पहिलो संस्करणको प्रदर्शनी २०७१ र दोस्रो संस्करण २०७५ मा सफलतापूर्वक आयोजना भएको थियो।

अब हुन लागेको तेस्रो संस्करणको यो प्लाष्टिक प्रदर्शनीमा नेपालका प्रमुख प्लाष्टिक उद्योगहरू र छिमेकी मुलुक भारत लगायत अन्य देशका समेत करिब पाँच हजार वटा प्लाष्टिक उद्यमी व्यवसायीहरू र करिव एक लाख उद्योगी, व्यवसायी र अन्य दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरू, यसका कच्चा पदार्थहरू र मेशिन उपकरणहरू समेतका विभिन्न १२६ वटा स्टलहरू राखिने छन्।

प्लाष्ट नेपाल फाउन्डेशनका उपाध्यक्ष विवेक तातेडको संयोजकत्वमा मेला तयारी तथा आयोजक कमिटी गठन गरिएको छ। प्लाष्ट नेपाल, नेपाली प्लाष्टिक उद्यमीहरूको छाता संगठन हो।

नेपाली उत्पादनलाई प्राथमिकता दिनेदेखि, प्लाष्टिकको रिसाइकल र फोहोर व्यवस्थापनमा सबैतिर यस संस्थाले सरकार र उद्योगीहरूसँग मिलेर काम गरिरहेको छ। नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्ताहरूलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरू उपलब्ध गराउन मेलाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?