३० चैत, काठमाडौं । नेपाल नम्बर एक दीपेश धामी प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएका छन् ।
बिहीबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको सेमिफाइनल खेलमा साविक विजेतासमेत रहेका दीपेश त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठसँग २–१ को सेटमा पराजित भएका हुन् ।
नवीनले पहिलो सेटमा २१–१९ को जित हासिल गरेका थिए । दोस्रो सेट १२–२१ ले जितेर दीपेशले खेलमा पुनरागमनको प्रयास गरे पनि निर्णायक सेटमा नवीन २१–१९ ले विजयी रहे । यो सेट १९–१९ को बराबरीसँगै प्रतिस्पर्धात्मक मोडमा पुगेको थियो । तर नवीनले लगातार दुई अंक लिन सके ।
८ वर्षदेखि शीर्ष स्थानमा रहेका रत्नजीत तामाङलाई पछि पार्दै दीपेश गत सातामात्र नेपाल नम्बर एक बनेका थिए । शीर्ष वरीयतामा पुगेको पहिलो प्रतियोगितामा उनी सेमिफाइनलबाट माथि जान सकेनन् ।
प्रतिक्रिया 4