+
+

कांग्रेसले स्थानीय तहमा उठ्न इच्छुकको नाम समानुपातिक सूचिबाट हटाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १९:५६

३० चैत, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा उठ्न इच्छुकको नाम समानुपातिक सूचिबाट हटाउने भएको छ ।

कांग्रेस कार्य सम्पादन समितिको बैठकले समानुपातिकतर्फको बन्द सूचिमा नाम रहेकाले पनि स्थानीय चुनावमा उठ्न इच्छा गरेको भन्दै इच्छुकको नाम बन्द सूचिबाट हटाउने निर्णय गरेको छ ।

बन्द सूचिबाट नाम नहटी स्थानीय तह चुनावमा उम्मेद्वार बन्न नपाइने व्यवस्था छ । बन्द सूचिको नाम हटाउन केन्द्रीय समिति बैठकले निर्णय गरी निर्वाचन आयोगमा लेखी पठाउनु पर्ने हुन्छ ।

प्रवक्ता डा. प्रकाशशरण महतले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेद्वार केन्द्रले टुंगो लगाउने निर्णय पनि गरेको जानकारी दिए ।

बैठकले ३ गतेभित्र स्थानिय तहमा गठबन्धन गर्ने ठाउँमा सम्बन्धित संयन्त्र टुगो लगाउने निर्णय पनि गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?