+
+

केपी ओलीको टिप्पणी : जनादेश शब्दले गठबन्धनको सातो जान्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १०:१६

१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘ताजा जनादेश’ भन्नेबित्तिकै सत्ता गठबन्धनको सातो जाने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय तहको निर्वाचनबाट भाग्ने ठाउँ नभएको दोहोर्‍याएका छन् ।

निर्वाचनकै सन्दर्भमा उनले गठबन्धनलाई जनादेश भन्नेबित्तिकै सातो जाने लक्ष्यविहीन समूहको संज्ञा दिएका छन् । ‘ताजा जनादेश भन्ने शब्द सुन्नासाथ सातो जाने लक्ष्यविहीन अराजक समूहका कुनै आफ्ना एजेण्डा छैनन्,’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चार पृष्ठ लामो शुभकामना सन्देशमा सत्ता गठबन्धनको विरोध गर्दै देशलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?