
काठमाडौं । नयाँ वर्षको अवसर पारेर काठमाडौंमा दुई नयाँ सिनेमा हल सञ्चालनमा आएका छन् । दरबारमार्गमा दरबार सिनेम्याक्स र कालिमाटीमा वान सिनेमाजको नयाँ हल सञ्चालनमा आएका हुन् ।
गुण ग्रुपले सञ्चालनमा ल्याएको दरबार सिनेम्याक्समा दुईवटा अडिरोरियममा गरी १०३ सिट क्षमता रहेको छ । हलमा अत्याधुनिक साउण्ड सिस्टम र अर्डरअनुसार खानाको पनि सेवा रहेको प्रवन्ध निर्देशक दिप्रस शाक्यले जानकारी दिए । हलको व्यवस्थापन भने क्यूएफएक्सले गरेको छ ।
यस्तै वान सिनेमाजले दोस्रो फ्रेन्चाइज हल कालिमाटी ट्रेड सेन्टरमा ल्याएको हो । यसअघि नयाँ बानेश्वरमा हल सञ्चालनमा ल्याएको वान सिनेमाजले कालिमाटीमा ३०० क्षमताका दुई अडिटोरियम सञ्चालनमा ल्याएको हो । हलमा थ्रीडी र डल्बी अटमस ध्वनि प्रणाली जडान गरिएको वान सिनेमाजका प्रवन्ध निर्देशक प्रज्वल राणाले जानकारी दिए ।
बिहीबार बिहान ८ बजे दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’को प्रदर्शनसँगै यो हल सञ्चालनमा आएको हो ।
प्रतिक्रिया 4