+
+

गाडीको आयु २० वर्ष तोक्नु वैज्ञानिक भएन : अध्यक्ष स्वाँर

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १५:०७

१ वैशाख, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँरले नेपालमा गाडीको आयु २० वर्षसम्म मात्र तोक्नु वैज्ञानिक नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले विदेशबाट खरीद गरेर ल्याइने यातायातका साधन २० वर्ष भन्दा चलाउन नपाउनु उचित नहुने धारणा राखे ।

उनले २० वर्ष पुगेका गाडी फिजिकल फिटनेस सेन्टरमा जाँच गरेर वातावरण प्रदुषणको हिसाबले ठीक छ भने चल्न दिनुपर्ने जिकिर गरे ।

‘गाडीमा चल्ने २० वर्षको मापन वैज्ञानिक भएन । त्यसलाई फिजिकल फिटनेस सेन्टरमा लगेर चेक गरौं । यदि सडकमा गुड्न सक्छ, वातावरण प्रदुषणको हिसाबमा ठीक छ भने चल्न सक्ने भए चलाउनुपर्छ’ उनले भने ।

अध्यक्ष स्वाँरले २० वर्षमै गाडी चल्न नदिने व्यवस्थाले नेपाललाई नोक्सान हुने बताए । ‘अहिले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने गरिएको छ त्यस्तो काम तत्काल बन्द गर्नुपर्छ ।’

उनले सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्न तत्काल यातायात प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् । ‘सरकार र यातायात व्यवसायीहरु बसेर यातायात प्राधिकरण गठन गरौं ढिला नगरौं । यातायात क्षेत्र आईसीयूमा छ । यसलाई निकाल्ने काम गरौं । यातायात क्षेत्र पुनः जागृत गर्ने काम गरौं ।’

अध्यक्ष स्वाँरले सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो बनाउने आफ्नो योजना रहेको सुनाए । १० अर्बको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदुर मिलेर पुँजीको संरक्षण गर्न आवश्यक रहेको अध्यक्ष स्वाँरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?