+
+

दलहरुलाई आयोगको आग्रह : निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १६:५८

१ वैशाख, काठमाडौं ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि तीव्र गतिमा तयारी भइरहेको भन्दै आयोगले निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति नदिन आग्रह गरेको हो ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने,निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनुहुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।’

उनका अनुसार निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये ३९ जिल्लाको ७० लाख ३३ हजार थान छपाई भइसक्यो । दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ भइरहेको छ ।

निर्वाचन पर्यवेक्षण गर्न ६५ वटा संस्थाले निवेदन दिएका छन्, जसले २० हजार ४ सय ६७ पर्यवेक्षक प्रस्ताव गरेका छन् । निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धित निर्णय गर्ने प्रवक्ता शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?