+
+

उद्योगपति साहिल अग्रवाल सुप्रवल जनसेवाश्री पदकद्वारा विभूषित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते २०:५७

काठमाण्डौ । शंकर ग्रुपका प्रबन्ध निर्देशक एवं उद्योगी साहिल अग्रवाललाई संविधान दिवस २०७८ को अवसरमा सम्मानित गरिएको छ ।

राष्ट्र, राष्ट्रियता र समाजप्रति पूर्ण समर्पित भई पुर्‍याएको विशिष्ट योगदानको कदर स्वरुप अग्रवाललाई नेपाल सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विभूषित गरिएको हो ।

‘शंकर ग्रुपमार्फत् राष्ट्र, राष्ट्रियता र समाजप्रति केही योगदान पुर्‍याउन सक्नु हाम्रालागि गर्वको विषय हो,’ विभूषित अग्रवालले भने, ‘हामी हाम्रा उत्पादन तथा सेवा मार्फत गुणस्तर उपलब्ध गराउँदै राष्ट्र र उपभोक्ताका लागि उपयोगीका साथै सहजता उपलब्ध गराउन सदैव प्रयासरत रहन्छौँ ।’

उनले अगाडि भने, ‘हाम्रो यही उद्देश्य तथा लक्ष्यको उच्च कदर गर्दै राष्ट्रका तर्फबाट सम्मानित पनि हुन पाउनु वास्तवमै हर्षपूर्ण रहेको छ । यो सम्मानले हामीलाई आउँदा दिनहरुमा अझ राम्रा, उपयोगी तथा गुणस्तरिय उत्पादन तथा सेवाका माध्यमबाट देश तथा उपभोक्ताका लागि थप योगदान प्रदान गर्न प्रोत्साहन मिलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?