+
+

महाकुलुङ गाउँपालिकामा एमालेबाट भक्त राई सर्वसहमत सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १४:४४

२ वैशाख, सोलुखम्बु । महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेबाट भक्त राईको नाम सर्वसहमत सिफारिस भएको छ ।

एमाले पालिका कमिटीले पत्रकार पृष्ठभूमिका राईको नाम सर्वसहमत सिफारिस गरेको हो । एमालेले पालिका पदाधिकारी टुंगो प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएको छ ।

महाकुलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले भने उम्मेद्वार टुंग्याउन बाँकी छ । अघिल्लो पटक गाउँपालिका अध्यक्ष जितेका सागर किराँतीलाई फेरि उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रको तयारी छ ।

नेपाली कांग्रेसले पनि पालिका अध्यक्षको दावी छोडेको छैन । कांग्रेसमा भलाकाजी कुलुङ, पर्खिधन नाछिरिङ र सूर्य कुलुङको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?