२ वैशाख, विराटनगर । मोरङमा भागवण्डा मिलाउनका लागि सत्तारुढ गठबन्धनले निर्माण गरेको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएकोको छ । कार्यदल सदस्यहरुको आ-आफ्नै दाबीका कारण बैठक बिना निष्कर्ष टुंगिएकोको हो ।
शुक्रबार नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय विराटनगरमा कार्यदलको बैठक बसेको थियो । बैठकमा कांग्रेसबाट उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकिकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल सहभागी थिए ।
बैठकमा नेपाली कांग्रेसले ११ वटा पालिकामा दाबी गरेको छ । नेकपा एकिकृत समाजवादी पार्टीले पनि पथरीशनिश्चरे, उर्लाबारीमध्ये एउटा पालिका पाउनुपर्ने दाबी गरेको छ । यस्तै जसपाले धनपालथान,जहदा गाउँपालिका र सुनबर्सी नगरपालिकामा दाबी प्रस्तुत गरेको छ । माओवादी केन्द्रले ६ वटा पालिकामा दाबी प्रस्तुत गरेको छ ।
शुक्रबार प्रारम्भिक चरणमा छलफल भएका कारण शनिबार पुन: बैठक बस्ने गरी स्थगlत भएको माओवादी केन्द्र मोरङ संयोजक विजय विश्वास थारुले जानकारी दिए ।
प्रतिक्रिया 4