+
+

बालाजु बाइसधारा मेलामा स्नान गर्नेको घुइँचो (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ वैशाख ३ गते ११:२८

३ वैशाख, काठमाडैं । काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्माबलम्बीहरू जाने गरेका छन् ।

बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्थानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाइसधारा पुगेका छन् । नुहाउनका लागि श्रद्धालु भक्तजनहरू लाइन बसेका छन् ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएको बताइन्छ । आजको दिन बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।

यसअघि दुई वर्ष कोरोनाका कारण बाइसधारा मेला लाग्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?