+

नेपालले यसरी गर्दैछ एसियन कप छनोटको तयारी (फोटो फिचर)

२०७९ वैशाख  ३ गते १३:०७ २०७९ वैशाख ३ गते १३:०७
नेपालले यसरी गर्दैछ एसियन कप छनोटको तयारी (फोटो फिचर)

३ वैशाख, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण चलिरहेको छ ।

दशरथ रंगशालामा शुक्रबारदेखि खेलाडीहरूले प्रशिक्ष लिइरहेका छन् । एन्फाले बन्द प्रशिक्षणमा बोलाएका २५ जना खेलाडीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेका हुन् ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका अनुसार दुई महिनाको तयारी र तीन/चारवटा मैत्रीपूर्ण फुटबलको तयारी भएको बताएका छन् ।

झण्डै दुई महिनाको तयारीपछि नेपालले जुन दोस्रो साता कुवेतमा जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्नेछ । नेपालले पहिलोपल्ट एसियन कप छनोटको तेस्रो चरण खेल्न लागेको हो ।

बन्द प्रशिक्षणमा किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुश घलान, विकास खवास, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपर्कोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यू ठकुरी, तेज तामाङ रहेका छन् ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

एएफसी एसियन कप छनोट नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय