
३ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकलमैत्री शहर बनाउने उद्देश्यले सडकको छेउमा साइकल लेन बनाए पनि अहिले ती साइकल लेन अतिक्रमणमा परेका छन् ।
साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइ र पेलाइमा परेको देखिन्छ । ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कुपण्डोल क्षेत्रको सडकको साइकल लेनमा जताततै अवरोध नै अवरोध देखिन्छ ।
साइकल लेनको अव्यवस्थाले साइकल यात्रीहरुलाई निरुत्साहित बनाएको छ । पहिले निम्न वर्गले चढ्ने साधन मानिए पनि स्वास्थ्य चेतनाका कारण हिजोआज धनी वर्गले पनि साइकल चढ्ने गरेक छन् । तर यस प्रकारको अवरोधले साइकल चढ्नेहरु निरुत्साहित हुने देखिएको छ ।
हेर्नुहोस् तस्वीरहरु
तस्वीरहरु : न्यूज एजेन्सी नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4