
३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन् ।
नेपाल जाईका अलमुनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताए ।
उनले जापानले नेपालको विकासमा पु¥याउँदै आएको सहयोगको पनि प्रशंसा गरे । भूकम्प गएको बेला होस् वा कोभिड–१९ महामारीका बेला जापानले नेपालमा ठूलो मानवीय सहयोग गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि सरकारका तर्फबाट धन्यवाद समेत दिए ।
मन्त्री खड्काले जापानले नेपाललाई विना शर्त सहयोग गर्दै आएको पनि स्मरण गरे । उनले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4