
३ वैशाख, काठमाडौं । काठमाडौं जिल्लाका स्थानीय तहहरुमा गर्ने चुनावी तालमेलबारे सहमति खोज्न बसेको सत्तारुढ दलहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।
कांग्रेस, काठमाडौंका जिल्ला सभापति सबुज बानियाँका अनुसार स्थानीय तहको नेतृत्व बाँडफाँट नटुंगिएकाले आइतबार फेरि छलफल गर्ने सहमति भएको छ ।
एकीकृत समाजवादीले कागेश्वरी मनोहरा, बुढानीलकण्ठ, तारकेश्वर, शंखरापुर र कीर्तिपुरको नेतत्व दाबी गरेको छ । माओवादी केन्द्रले पनि शंखरापुर, कीर्तिपुर, चन्द्रागिरि, तारकेश्वर र टोखा नगरपालिकाको मेयर दाबी गरेको छ ।
स्थानीय निर्वाचन २०७४ मा काठमाडौंका १० स्थानीय तहमध्ये काठमाडौं महानगरपालिकासहित बुढानीलकण्ठ, शंखरापुर, कीर्तिपुर, तारकेश्वर, कागेश्वरी–मनोहरा र टोखा नगरपालिकाको प्रमुख जितेको थियो । नेकपा एमाले विभाजित हुँदा कागेश्वरी–मनोहराका मेयर र शंखरापुरका उपमेयर एकीकृत समाजवादीतिर लागेका थिए ।
कांग्रेसले दक्षिणकाली, चन्द्रागिरि र गोकर्णेश्वर नगरपालिकाको प्रमुख जितेको थियो । माओवादी केन्द्रले भने १० पालिकामध्ये चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ र शंखरापुर नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष मात्रै जितेको थियो ।
प्रतिक्रिया 4