
४ वैशाख, सुर्खेत । रुकुम पश्चिममा स्थानीय तहहरूमा गर्ने चुनावी तालमेलबारे सत्तारुढ दलहरुबीच सहमति जुट्न नसकेपछि भागबण्डाको जिम्मा प्रदेशस्तरीय संयन्त्रलाई दिइएको छ ।
शनिबार रातिसम्म बसेको सत्तारुढ गठबन्धनको जिल्लास्तरीय बैठकमा सहमति जुट्न नसकेपछि भागबण्डा टुंगो लगाउने जिम्मा प्रदेशस्तरीय संयन्त्रलाई दिने निर्णय गरिएको हो ।
नेपाली कांग्रेस र नेकपा -एकीकृत सामाजवादी)ले आफनो जनआधारभन्दा धेरै भाग खोजेपछि सहमति जुट्न नसकेको नेकपा माओवादी केन्ऽ रुकुम पश्चिमका संयोजक गोविन्द रोका (सचिन)ले जानकारी दिए ।
‘यहाँ माओवादी एक्लैले पुरै पालिकामा चुनाव जित्न सक्ने जनआधार छ, गठबन्धनको मर्म अनुसार हामीले सहमतिको प्रयास गर्यौं तर सहमति जुट्न सकेन’ संयोजक रोकाले अनलाइनखबरसँग भने, ‘आ-आˆनो अडानबाट टसमस नहुँदा सहमति हुन सकेन, प्रदेशलाई जिम्मा दिने निर्णय भएको छ ।’
गत चैत्र ३० गते बसेको गठबन्धन दलको प्रदेशस्तरीय संयन्त्रले वैशाख ३ गतेसम्म जिल्लालाई भागबण्डाको टुंगो लगाएर पठाउन निर्देशन दिएको थियो ।
संयोजक रोकाका अनुसार प्रदेशको सर्कुलरअनुसार भागबण्डा गर्न दलहरुबीच सहमत हुन नसक्दा पटक-पटकका बैठक निष्कर्षविहीन हुँदै आएको थियो ।
बैठकमा सहभागी कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश वलीले पनि माओवादीले पेलेर जान खेजेपछि सहमति जुट्न नसकेको बताए । ‘सहमतिको प्रयार धेरै गरियो तर माओवादीले पेलेरै जान खोज्यो’ सभापति वलीले अनलाइनखबरसँग भने, ‘सहमति नजुटेपछि प्रदेशस्तरीय संयन्त्रलाई नै सिफारिस गर्ने निर्णय भएको छ ।’
६ वटा स्थानीय तह रहेको रुकुम पश्च्िाममा ०७४ को स्थानिय तहमा ६ वटै पालिकामा माओवादी केन्द्रले जितेको थियो । ६ पालिकामध्ये नेपाली कांग्रेसले तीन र एकीकृत सामाजवादीले एक पालिका मागेपछि माओवादीले त्यसमा असहमति जनाएको थियो ।
प्रतिक्रिया 4