
काठमाडौं । मोरङका २६ वर्षीय नुतन श्रेष्ठले यस वर्षको मिस्टर नेपाल वर्ल्डको उपाधि जितेका छन् । काठमाडौंमा शनिबार आयोजित ग्रान्ड फिनालेमा झापाका अभिषेक चुडाँल फस्ट रनरअप घोषित भए ।
काठमाडौंका एलिस गिरी सेकेन्ड रनरअप, कैलालीका समीप शाही थर्ड रनरअप र मोरङका विशाल कट्वाल फोर्थ रनरअप घोषित भए । विजेताले पाँच लाख रुपैयाँ नगदसहित विभिन्न ब्रान्डको दूत बन्ने अवसर पाएका छन् ।
अन्य विजेताले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । बौद्धस्थित हायात रिजेन्सीमा पेजेन्टलाई नेक्स्ट मोडल नेपालले आयोजना गरेको थियो ।
पूर्वमिस्टर नेपालद्वय आयुष्मान घिमिरे र सन्दीप पोखरेल, पूर्वमिस नेपाल इशानी श्रेष्ठ, अभिनेत्री ऋचा शर्मा, अभिनेता सुरजसिंह ठकुरी तथा फोटोग्राफर राजभाइ सुवाल निर्णायकका रुपमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4