
काठमाडौं। फिल्म ‘२ नम्बरी’ छायांकन कास्कीको ल्वाङ गाउँदेखि सुरु भएको छ । शनिबारदेखि एक्सन-कट् सुरु गरिएको जानकारी प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।
छायांकन सेटबाट अनलाइनखबरलाई प्राप्त तस्बीरहरूमा कलाकार पात्र लुक्समा देखिएका छन् । निर्देशक दीपेन्द्र लामा, नायिका उदेन छोदेनसहित कास्ट एन्ड क्रिउलाई देख्न सकिन्छ ।
दुई साता ल्वाङ गाउँमा सुुटिङ हुने र बाँकी पोखरा आसपासमा हुने जानकारी प्रस्तुतकर्ता नेपालीले दिए ।
कोरोना महामारीले पटक-पटक प्रभावित भएको फिल्म छायांकन स्क्रिप्ट, निर्माण टिम र कलाकारमा केही हेरफेरसहित पुनः सुरु भएको हो । आगामी कात्तिक ४ गतेलाई प्रदर्शन मितिको रूपमा घोषणा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4