+
+

कांग्रेसको काठमाडौं महानगर समिति पनि तालमेलको विपक्षमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १३:२४

रा४ चैत, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समिति स्थानीय तह निर्वाचनमा तालमेलको विपक्षमा उभिएको छ ।

आइतबार विहान बसेको बैठकले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकालेको सचिव सुशन वैद्यले जानकारी दिए ।

‘सैद्धान्तिक रुपमा तालमेल गर्न नमिल्ने सबैको राय आयो । बोल्ने ३४ जनामध्ये तालमेल गर्नुपर्छ भन्ने मत कसैको थिएन’ वैद्यले अनलाइनखबरसँग भने, ‘प्रमुख पद सहित ३२ वडामा अध्यक्ष जित्ने आधार राख्नुभएको छ ।’

मेयर, उपमेयर र ३२ वटै वडाका अध्यक्ष अन्य दललाई छोड्न नहुने मत बलियो रहेको वैद्यले जानकारी दिए । ‘महानगर कार्यसमितिको बैठकले तालमेल गर्न हुँदैन भन्ने प्रष्ट म्याण्डेट दिएको छ । सबैजनाले कुनै पनि हालतमा गठबन्धन गर्न हुँदैन भन्नुभएको छ’, वैद्यले भने ।

बैठकले महानगरमा आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको छ । गत निर्वाचनमा कांग्रेसले काठमाडौं महानगरमा उपमेयर र १४ वडाध्यक्ष जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?