
४ चैत, काठमाडौं। चितवनको भरतपुरमा सम्पन्न यु–२० राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि गोर्खाली रग्बी क्लब र बडिमालिका रग्बी क्लबले जितेको छ ।
पुरुषतर्फ गोर्खाली रग्बी क्लबले अपराजित यात्रा कायम राख्दै फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५-३ को स्कोरले हराएर पहिलो भयो ।
महिलातर्फ बडिमालिका रग्बी क्लबले हिमालयन रग्बी क्लबलाई १०-० को फराकिलो अन्तरले हराएर पहिलो भयो ।
पुरुषतर्फ गोर्खाली रग्बी क्लब काठमाडौं, चितवन रग्बी क्लव र बडिमालिका रग्बी क्लब धनगढी, मकवानपुर रग्बी क्लब र हिमालयन रग्बी क्लब थियो भने महिला तर्फ मकवानपुर रग्बी क्लब,नेपाल वुमेन्स रग्बी र बडिमालिका रग्बी क्लब, हिमालयन रग्बी क्लब र चितवन वरियर्स क्लबको सहभागिता थियो ।
प्रतियोगितामा उत्कृष्ट पुरुषतर्फगोर्खाली रग्बी क्लबका रोहन डंगोल र महिलातर्फ बडिमालिका रग्बी क्लबका अर्पना थापा घोषित भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4